श्याम थापा
सुस्ता ९ असोज
पश्चिम नवलपरासीको ऎतिहासिक भूमि सुस्तामा नेपालका रास्ट्रपति रामचन्द्र पौडेल भोलि यहि असोज १० गते आउनु हुने भएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका स्थित सुस्ता ५ पकलिहवा देखि नारायणी नदि पारी गाउँ सुस्ताका स्थानीयबासीहरुलाई हिड्डुल गर्न सहज हुने उद्देश्यले नेपाल सरकारले नारायणी नदिमाथी निर्माण सम्पन्न गरेको झोलुङ्गे पुलको समुद्घाटनका लागि उहाँ ऎतिहासिक भूमि सुस्ता आउन लाग्नु भएको हो ।
रास्ट्रपति पौडेल सुस्ता आउन लागेपछि झुलेङ्गे पुल वरिपरि र सुस्ता गाउँमा समुद्घाटनको भब्य तयारी भइरहेको सुस्ता बचाउ अभियानका कार्यबाहक अध्यक्ष आदम हुसेनले बताउनु भएको छ ।
एसियाको दोस्रो र नेपालको पहिलो लामो दुरिको दाबी गर्दै आएको सुस्ताको झुलेङ्गे पुलको यहि असोज १० गते दिउँसो १ बजे तिर रास्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने सुस्ता गाउँपालिकाले जानकारी दिएका छन् ।