सुनवलमा चौथो महोत्सव मंसिर १२ बाट सुरु हुने

  • सुस्ता संदेश
  • / अर्थ/व्यवसाय /
  • २०८१ कार्तिक ११, आईतबार (२ महिना अघि)
  • १७५ पटक पढिएको

सुनवलमा चौथो महोत्सव मंसिर १२ बाट सुरु हुने

श्याम बुचा

सुस्ता ११ कार्तिक

पश्चिम नवलपरासीको सुनवलमा चौथो सुनवल महोत्सव २०८१ यहीँ मंसिर १२ गते देखि सुरु हुने भएकाे छ ।

उद्योग वाणिज्य संघ सुनवलले आज आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरी“कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नती” भन्ने मुल नाराको साथ सुनवलमा चौथो महोत्सव २०८१ संचालन हुने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले नेपालका घरेलु , साना, मझौला तथा ठूला उद्योगहरूका अतिरिक्त विदेशी वस्तुहरू र पहाडी कृषि जन्य र अन्य उत्पादनहरू गरी करीब २ सय स्टलहरू रहने जानकारी दिएका थिए ।

स्थानीय व्यापारी र उद्यमीलाई प्राथमिकतामा राखेकाे यस मेलाले उद्योग वाणिज्य संघ सुनवलमा दर्ता भएका उद्यमी व्यापारीलाई  ७ हजार छुट दिई १० हजारमा स्टल राख्न दिइने उहाँको भनाइ  छ ।
मेला अवलाेकन गर्नका लागि रू. १०० टिकट शुल्क निर्धारण गरिएकाे छ भने विद्यार्थीका लागि रू. ७० , सामुहिक मेला अवलोकन गर्न आउने विद्यार्थीलाई रू ५० र अशक्त एवं ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क छुटकाे व्यवस्था गरिएकाे छ ।

प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र , बाल उद्यान तथा मनाेरन्जन क्षेत्र , खानपान क्षेत्र र खेल क्षेत्र गरि व्यापार मेलालाई विभिन्न भागमा विभाजन गरिएकाे छ ।
प्रदर्शनी कक्षमा अलग-अलग परिसर बनाई अटाेमाेवाइल्स , बैंक तथा वित्तीय संस्था, माेवाइल इलेक्ट्रोनिक्स तथा आइ टी, निर्माण  सामाग्री , अन्तर्राष्ट्रिय , कृषि तथा जडिबुटी , पर्यटन सम्बन्धि , दैनिक उपभाेग्यका वस्तुहरू, हस्तकला तथा तयारी पाेशाक तथा जुत्ता चप्पल प्रदर्शनमा रहनेछन् ।

त्यसैगरी सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय डान्स आइडल, विज्ञान प्रदर्शनी / खाना महाेत्सव संचालन गरिनुका साथै राष्ट्रिय तथा स्थानीय  कलाकारहरूकाे प्रस्तुति , विद्यालय तथा कला केन्द्रकाे विविध सांस्कृतिक प्रस्तुति रहनेछ ।

महाेत्सवलाई आकर्षकका लागि सेल्फि जाेन, जातीय परम्परा झल्कने घर र खानाहरूकाे स्टल ,व्यापार मिडिया सेन्टर, फ्रि वाइफाइ जाेन रहने उद्योग वाणिज्य संघ सुनवलले जनाएकाे छ ।
सुरक्षाका लागि मेला स्थलमा २४ घण्टा सिसिटिभि,सुरक्षाकर्मी र प्राथमिक उपचारकाे व्यवस्था, प्रत्येक स्टलकाे बिमा,अग्नी नियन्त्रण यन्त्र साथै एम्बुलेन्सकाे व्यवस्था रहने आयोजक संघले जनाएको छ ।

करिब १३,५०० वर्ग मिटर क्षेत्रफल ओेगटेकाे यश व्यापार मेलामा १ लाख दर्शकले अवलाेकन गर्ने तथा १० कराेडकाे काराेवार हुने लक्ष्य राखिएकाे उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिएका छन् ।

उद्योग वाणिज्य संघ सुनवलकाे सदस्य जीवन पाैडेकाे संचालन रहेकाे पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यकाे अध्यक्षता र नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती