श्याम बुचा
सुस्ता २३ कार्तिक
पुर्वी नवलपरासीको ऎतिहासिक धार्मिक स्थल त्रिबेणि धाममा प्रथम बालपुरी आइ टि एफ टेक्वान्दो प्रतियोगिता यहि कार्तिक २४ गते देखि हुने भएको छ ।
जिल्लाको बिनयी त्रिबेणि गाउँपालिका स्थित त्रिबेणिमा रहेको युथ भिजन संस्थाको आयोजनामा हुने प्रथम बालपुरी आइ टि एफ टेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका १२ वटा जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
आयोजकको अनुसार पुर्वी नवलपरासी जिल्लाको ऎतिहासिक धार्मिक स्थलको रूपमामा पहिचान बोकेको त्रिबेणि धामलाई एक किसिमको खेल जगतमा पनि पहिचान बढाउने उद्देश्यले यहीँ कार्तिक २४ देखि २६ गते सम्म गरि ३ दिन प्रथम बालपुरी आइ टि एफ टेक्वान्दो प्रतियोगिता संचालन गर्न लागिएको युथ भिजन संस्थाका अध्यक्ष अर्जुन अर्यालले बताएका छन् ।
३ दिन सम्म हुने प्रतियोगितामा १२ वटा जिल्लाको महिला र पुरुष खेलाडीहरुले सहभागी जनाउने र प्रथमलाई ३० हजार,द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद पुरस्कार रहेको छ भने त्यस्तै आत्मा रक्षा गर्ने प्रथम खेलाडीलाई ६ हजार र दोस्रो हुने खेलाडीलाई ४ हजार नगद पुरस्कार रहेको साथै खेल प्रदर्शन गर्नेमा प्रथम हुनेलाई ६ हजार र दोस्रो हुनेलाई ४ हजार नगद पुरस्कार आयोजकले व्यवस्थापन गरेको खेल संयोजक राजु आलेले सुस्ता सन्देशलाई जानकारी दिएका छन् ।
प्रतियोगिता बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ को खुल्ला मैदानमा हुने आयोजकले जनाएको छ ।