नारायणी नदि र सुस्ता तालमा ५१ हजार माछाको भुरा छाडियो ।

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ६, बिहिबार (१ महिना अघि)
  • ४३३ पटक पढिएको

नारायणी नदि र सुस्ता तालमा ५१ हजार माछाको भुरा छाडियो ।

श्याम बुचा

सुस्ता ६ मंसिर

बिश्व मत्स्य दिवस २०२४ को अवसरमा पश्चिम नवलपरासीको नारायणी नदि र सुस्ताको ऎतिहासिक नमुना सुस्ता तालमा ५१ हजार माछाको भुरा छाडिएको छ ।

मत्स्य क्षेत्रमा लगानी वृद्धि खाद्य सुरक्षा दिगो विकास र समृद्धि भन्ने मुल नाराका साथ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा दिवसको अवसरमा एक कार्यक्रम गरि माछाको भुरा छोडिएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डाक्टर प्रवेश सिंह कुवरको अध्यक्षयतामा,कृषि वन तथा वातावरण समिति लुम्बिनी प्रदेशका सभापति एवं लुम्बिनी प्रदेश सभाका सभा सदस्य माननीय बिश्व प्रेम पाठकको प्रमुखअतिथ्यतामा र सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीको विशिस्ट अतिथ्यतामा औपचारिक कार्यक्रम गरि नारायणी नदि र सुस्ताको नमुना तालमा ५१ हजार  माछाको भुरा छोडिएको हो ।

विश्व परिपेच्छ्यमा प्राकृतिक जलाशयहरुमा खास गरि नदिनाला,समुन्द्रीय कोष्टल क्षेत्रहरु तथा तालतलैया,रिज्र्भ्वार आदिमा विविध कारणले गर्दा माछा घट्दै गइरहेको हुदा त्यहा र त्यसमा आश्रीत समुदायहरुको व्यवसायमा ठूलो संकट पर्न थालेपछि उक्त संकटबाट बचाउनका लागि विश्वका विभिन्न १८ देशका महिला र पुरुष कृषकहरु भारतको न्यु दिल्लीमा सन १९९७ मा भेला भएर उक्त भेलाले सन १९९७ नोभेम्बर २१ मा वर्ल्ड फर्म अफ फिस नामक अन्तरास्ट्रिय गैरसरकारी संस्था खोलेर माछा बचाउ सम्बन्धि विभिन्न वकालत गर्दै आएपछि सोही नोभेम्बर २१ लाई बिश्व मत्स्य दिवस विश्वभरी मनाउन थालेको हो ।

दिवस कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नवलपरासीका प्रमुख डाक्टर श्रवण कुमार चौधरी माछाको संरक्षण गर्ने,अबैधानिक तरिकाले माछा मार्ने,माउ माछा मार्ने,गलत तरिकाले धेरै माछा मार्ने यी बिषयमा समुदायमा जनचेतना गर्न अति आवश्यक रहेकोे र समुदायले यस बिषयमा गम्भीर हुनुपर्ने उनलेे बताए ।

दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाकी उपाध्यक्ष गिता चौधरीले विभिन्न जात समुदायको एक किसिमको धार्मिक परम्परालाई जोगाउनको लागि माछाको महत्त्व रहेको हुदा समुदायलाई माछा मार्न भन्दा पनि माछा संरक्षण बारे चेतना बढाउन आवश्यक रहेकोे हुदा पालिकाले अबको कार्यक्रम त्यही अनुसार त्य गर्ने उनले बताईन ।

त्यस्तै दिवस कार्यक्रमलाई सम्बोधन गर्दै वन कृषि तथा वातावरण समिति लुम्बिनी प्रदेशका सभापति एवं लुम्बिनी प्रदेश सभाका सदस्य माननीय बिश्वप्रेम पाठकले लुम्बिनी प्रदेशका नवलपरासी जिल्लालाई माछा पकेट क्षेत्र बनाउने र पश्चिम नवलपरासीलाई माछामा आत्मा निर्भर बनाउने उनले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती