सुस्ताले लैङ्िगक हिसा विरुद्ध १६ दिने अभियानलाई समुदाय स्तर अन्तरक्रिया गरि मनाउने

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १०, सोमबार (४ हप्ता अघि)
  • २२८ पटक पढिएको

सुस्ताले लैङ्िगक हिसा विरुद्ध १६ दिने अभियानलाई समुदाय स्तर अन्तरक्रिया गरि मनाउने

श्याम थापा

सुस्ता १० मंसिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आज नोभेम्बर २५ बाट डिसेम्बर १० सम्म गरि १६ दिन सम्म चल्ने लैङ्िगक हिंसा विरुद्धको अभियानलाई समुदाय स्तर अन्तरक्रिया कार्यक्रम गरि मनाउने भएको छ ।

सुस्ता गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरिएको लैङ्िगक हिंसा बिरुद्धको १६ दिन अभियानको आज सोमबारको दिन प्रभात फेरि कार्यक्रम गरि पालिकाले अभियानको शुभारम्भ गरेको हो ।

लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्म कार्यक्रमको उद्द्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिकाले दिदै आएको सम्पूर्ण सेवामा सेवाग्राहीहरुलाई कुनै प्रकारको लैङ्िगक विभेद नहुने र सुस्ता गाउँपालिकालाई नै लैङ्िगक समावेशी पालिकाको निर्माण गर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रमका विशेषअतिथि एवं सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान सुस्ता गाउँपालिका भित्र रहेका अतिबिपन्न वर्ग समुदायका महिला तथा पुरुषका ब्यक्तिहरुलाई लैङ्िगक हिंसा बारे जनचेतनामूलक कार्यक्रम गरि अभियान पालिकाले मनाउन थालेको हुदा आ आफ्नो टोल समुदायमा पालिकाले गरेको अभियान कार्यक्रममा सहभागी भएर ज्ञान आर्जन गरिदिनको लागि सुस्ताबासीहरुसंग आग्रह गरेका छन् ।

त्यसैगरी अभियान शुभारम्म कार्यक्रमका अध्यक्ष एवं सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीले हिंसा न्यूनीकरण गर्नका लागि आ आफ्नो गाउँ ठाउँबाटनै सुरुवात गर्नुपर्ने र लैङ्िगक हिंसा सम्बन्धि सम्पुर्ण नागरिकहरु जिम्मेवार हुने पर्ने बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती