सुस्तामा भएको गोलिकाण्डमा संलग्न रहेको आरोपमा ३ जना पक्राऊ

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २८, शुक्रबार (१ हप्ता अघि)
  • ७०६ पटक पढिएको

सुस्तामा भएको गोलिकाण्डमा संलग्न रहेको आरोपमा ३ जना पक्राऊ

श्याम बुचा

सुस्ता २८ मंसिर

पश्चिम नवलपरासीको सुस्तामा हिजो साझ भएको गोलिकाण्डमा संगलग्न रहेको आशन्कामा ३ जना पक्राउ परेका छन्  ।

हिजो साझ ६:३० बजे सुस्ता गाउँपालिकाको वार्ड न २ महलबारी स्थित मुसहर टोलमा भएको गोलिकाण्डमा सुस्ता २ बस्ने बर्ष २३ को रोहन महतोको हत्या भएको हो ।

सुस्तामा भएको गोलिकाण्डमा पक्राउ परेका सुस्ता गाउँपालिका वडा न २ महलबारी बस्ने गम्हा भनिने बर्ष २२ का बिशाल मुसहर,सोही स्थान बस्ने बर्ष २१ का मोहन थारु र सोही स्थानमा बस्ने बर्ष १८ का साहिल थारु रहेका छन् ।

प्रकाउ परेका ३ जना मध्येमा मोहन थारु र साहिल थारुलाई प्रहरीले घटना स्थलबाटनै नियन्त्रणमा लिएको थियो भने घटना स्थलबाट फरार रहेका विशाल मुसहरलाई भने प्रहरी चौकी रामनगर,सशस्त्र प्रहरी बल नेपालका टोलि  र स्थानीयको सहयोगमा भारत भाग्दै गरेको मुसहरलाई सुस्ता गाउँपालिकाको वडा न ५ पक्लिहवा स्थित नेपाल भारत नजिकको दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले घटना सम्बन्धि प्रारम्भिक अनुसन्धानको पत्रकार सम्मेलन गर्दै गोलीको प्रहारबाट हत्या हुने रोहन थारु र पक्राउ परेका ३ जना गरि यी ४ जना साथी रहेकोे बताएको छ ।

हत्या हुने महतो र पक्राउ परेका ३ जना सुस्ता २ महलबारीको एक खाजा पसलमा संगै बसेर मदिरा सेवन गर्दा सामान्य वादविवाद हुदा गोलि प्रहार भएर महतोको आँखाको भागमा तल माथी गोलिको छराले दुई वटा प्वाल परेको र महतोलाई उपचारका लागि हिजो पृथ्वीचन्द्र अस्पताल परासी पठाएको थियो र गोलि लागेका महतोलाई अस्पतालले मृत घोषणा गरेको बताएको छ ।

उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

वेल्डिङ गर्ने काम गर्दै आएका उनीहरूले आफैंले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए। सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ ।
उनीहरूको साथबाट प्रहरीले स्थानिय रुपमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा,१२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पेस्तोल बनाउन आवश्यक सामाग्रीहरु सिमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ ।उनिहरुमाथि ज्यानसम्बन्धी तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%१%४%१०%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती