श्याम बुचा
सुस्ता २५ पुस
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका कार्यालयको १७ औं गाउँ सभा सम्पन्न भएको छ ।
आज बिहिवार भएको पालिकाको १७औं गाउँ सभाले १३ वटा कार्यबिधी,५ वटा निर्देशिका र २ वटा निति पारित गरेको छ भने १ वटा कार्यबिधी संशोधन गरेको छ ।
प्रतापपुर गाउँपालिका कार्यालयको १७ औं गाउँ सभाले आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्दै खानेपानी तथा सरसफाइ समितिको गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि,स्वयं हेरचाह कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देिशका, लैङ्गिक समानता अपांगता तथा समाजिक समावेशीकरण निति ,युवा समूह गठन तथा व्यवस्थापन कार्यविधि, महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि लगाएतका विभिन्न कार्यविधि पारित गरेको छ ।
त्यस्तै प्रतापपुर गाउँपालिकाकाे फाेहाेरमैला व्यवस्थापन निति, प्रतापपुर गाउँसभा सञ्चालन कार्यविधि, गाउँपालिकाको बैठक सञ्चालन कार्यविधि, शिक्षक स्वर्णीम अवकाश योजना कार्यक्रम कार्यान्वयन कार्यविधि,निजी जग्गाको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धी कार्यविधि, महिला सामुदायिक स्वास्थ स्वयं सेविकाकालाई मासिक यातायात खर्च सम्बन्धि निर्देशिका, टोल सुधार विकास समिति गठन तथा सञ्चालन कार्यविधि, प्रतापपुर अध्यक्ष छात्रवृत्ति, गर्भवती सुत्केरी तथा नवजात शिशुलाई जटिल अवस्थामा आकस्मिक प्रेषण यातायात खर्च निर्देशिका कार्यविधि समेत सभाले पारित गरेको छ ।
१७ औं गाउँसभाले वडागत रुपमा पेश भएका विभिन्न २४ वटा, शाखागत रुपमा पेश भएका ७ वटा र पालिका स्तरीय १ गरी ३२ वटा योजनाको बजेट तथा कार्यक्रम संशोधन एवं रकमान्तर गर्ने निर्णय गरेको सभाका सचिव एवं प्रतापपुर गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले बताएका छन् ।
गाउँसभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष उमेशचन्द्र यादवले स्थानीय सरकार बहुमतले पारित गरेका विषयबस्तुलाई मात्र नभई आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढ्न कटिबद्ध रहेकाे बताए ।
उनले निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धतालाई आत्मसात गर्दै हिडेकाेले साथ र सहकार्यका लागि सबैलाई अपिल समेत गरेका छन् भने पालिका उपाध्यक्ष मानकुमारी चौधरीकाे स्वागत रहेकाे गाउँसभामा जनप्रतिनिधि,लसराेकारवाला,बुद्धिजीवी,पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।