श्याम बुचा
सुस्ता ६ बैशाख
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका कार्यालयको हराएको सुस्ता गाउँपालिका नामक आधिकारिक फेसबुक पेज पुनः भेटिएको छ ।
सुस्ता गाउँपालिकाको आधिकारिक फेसबुक पेज हराएको भन्दै सुस्ता सन्देश ड्टकम अनलाइनमा समाचार सम्प्रेषण गरेको करिब ७/८ घण्टा पछि हराएको फेसबुक पेज पुन सुचारु भएको छ ।
जब सुस्ताको फेसबुक पेज हराएको भन्नि संचार माध्यमबाट छ्याप छ्याप्टि समाचार आएर चौतर्फी विरोध हुन थालेपछि सुस्ता गाउँपालिका कार्यालयको आधिकारिक फेसबुक पेज भेटिएको हो ।
करिब बैशाख २ गते देखि बैशाख ५ गते समाचार नआउँदा समय सम्म पालिकाको आधिकारिक सूचना दिइने फेसबुक पेज के कसरी हराएको अर्थात पेजनै निष्क्रिय (डिएक्टिभ) बनाएर राखएको पाएको थियो तर पालिकाको फेसबुक पेज हरायो भनेर समाचार आएपछि बैशाख ५ गतेको करिब १० बजेर केही समयमा पुनः सो पेज सक्रिय (एक्टिभ) गरिएको पाएको छ ।
सुस्ता गाउँपालिकाको आधिकारिक फेसबुक पेज निर्माणकर्ता अर्थात एडमिनकर्ता ३ जना कर्मचारी रहेको र तर ति ३ जना मध्येमा पनि एक जना सूचना प्राबिधिक शाखा प्रमुख र एम आई एस अपरेटरमा रहेका कर्मचारीहरु संग एक्सेस रहेको अर्थात युजर र पासवोर्ड रहेको बुझ्नमा आएको छ भने अहिले सुस्ता गाउँपालिकामा सूचना तथा प्राविधिक शाखामा कर्मचारी छैन भएको कर्मचारीले राजीनामा दिएर पालिकालाई आफ्नो बरबुझाउ गरिसकेको र त्यही अनुसार पालिकाले कर्मचारी आवश्यकता सम्बन्धि सूचना पनि जारी गरिसकेको छ ।
सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका भनाइ अनुसार पालिकाको आधिकारिक पेजको एडमिनकर्ता आफु नरहेको र आफुसंग यो पेजको एक्सेस सम्म नरहेको र यो के कति कारणले बन्द भएको यसको बारेमा आफुले पनि बुझ्दै गरेको र संचारकर्मिले पनि पत्ता लगाईदिन आग्रह गरेका छन् ।
तर अचम्मको बिषय के छ भने पालिकाको आधिकारिक फेसबुक पेज करिब ४/५ दिन सम्म बन्द हुदा सम्म पालिकाको ध्यान नजानुको के कारण हो भन्ने बिषयमा शंका उत्पन्न भएको छ । जबकि पालिका भित्रकै कर्मचारी एडमिनकर्ता र एक्सेस भएको कर्मचारी हुदा सम्म पनि यो पेज के भएको भन्ने पालिकामा कसैलाई यद्यपि सूचना अधिकारी बिजय अधिकारीलाई समेत थाहा नभएको बताउँछन् ।
सुस्ता गाउँपालिका का सूचना अधिकारी बिजय अधिकारीको अनुसार पालिकाको आधिकारिक फेसबुक पेजको एक्सेस आफुसंग नरहेको र यो बिषयमा आफुलाई केही जानकारी नरहेको तर फेसबुक पेज त ह्याक समेत नभएको र ५ गते रातिबाट पुनः फेसबुक पेज संचालनमा आउँदा अफु पनि अचम्मित परेको बताए ।
उता यसरी पालिकाको आधिकारिक फेसबुक पेज अर्थात नागरिकलाई सूचना दिनुपर्ने एउटा माध्यमनै केही दिनको लागि बन्द हुनु र यता सुस्ता गाउँपालिका वडा न १ स्थित रायपुरा खोलाको ठेक्काको बोलपत्र आवहानको सुचना पालिकाको वेबसाईटमा नराखी पालिकाको प्राबिधिक शाखा प्रमुख शारुख खानको ब्यक्तिगत फेसबुक वालमा सूचना राखेर प्रकाशन हुनुमा नै पालिका भित्रकै केही ब्यक्ति तथा कर्मचारीको स्वार्थ बाझिएको हुन सक्ने अनुमान गरिएको छ ।
जबकि पालिकामा कार्यरत कर्मचारीले कुनै पनि सार्बजनिक सूचनाहरु आफ्नो ब्यक्तिगत फेसबुक वालमा राखेर प्रचारप्रसार गर्न नपाई छ तर राख्ने परेपनि त्यो सार्बजनिक सूचना आधिकारिक पेजमा राखिएकोलाई शेयर गर्न पाउछ तर सुस्ता गाउँपालिकामा कार्यरत प्राविधिक शाखाका प्रमुख इन्जिनियर शारुख खानले सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल लगायत अन्य केहि ब्यक्तिलाई ट्यग गरेर आफ्नो ब्यक्तिगत फेसबुक वालमा रायपुरा खोलाको उत्खननका लागि ठेक्काको बोलपत्र सूचना राखेर सुचना प्रकाशन गरेको पाएको छ ।
यसरी एउटा स्थानीय सरकारको सम्पत्तिको रूपमा रहेको अर्थात नागरिकहरुलाई सरल र छिटो सूचना प्रवाह गर्ने माध्यम फेसबुक पेजनै बन्द हुदा वा हराउदा पनि पालिका बेखबर बन्नुनै सुस्ता गाउँपालिकाको प्रशासन पाटोनै फितलो तथा गैरजिम्मेवारीपन रहेको भन्न सकिन्छ ।
नागरिकहरुलाई सूचना दिनु र नागरिकले सूचना पाउनु उनीहरुको हक हो र नागरिकलाई सूचनाबाट बन्चित गराउन पाइदैन अब के कति कारणले हो यो बिषयमा आफुलाई पनि थाहा नभएको साथै यस बिषयमा आफुलाई कसैले पनि गुनासो नगरेपछि आफुलाई पनि त्यता ध्यान नगएको तर समाचार आएपछि आफुलाई पनि बल्ल जानकारी भएको सुस्ता गाउँपालिका का गुनासो अधिकारी बिष्णु प्रसाद ढकालले बताएका छन् ।
यद्यपि सुस्ता गाउँपालिका नामकको आधिकारिक फेसबुक पेज हराएपनि समाचार सम्प्रेषण पछि समाचारको प्रभावले हराएको फेसबुक पेज भेटिएको छ र पुन सुचारूमा आएको अगामि दिनमा यस्ता घटना दोहोरिन नदिन पालिका सचेत हुन आग्रह गरिन्छ ।