प्रतापपुर गाउँपालिका द्वारा बजार अनुगमन

  • सुस्ता संदेश
  • / अर्थ/व्यवसाय /
  • २०८१ आश्विन २०, आईतबार (२ महिना अघि)
  • ५४९ पटक पढिएको

प्रतापपुर गाउँपालिका द्वारा बजार अनुगमन

श्याम बुचा

सुस्ता २० असोज

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले आफ्नो पालिका भित्र रहेका बजारमा संचालित पसलहरुको अनुगमन गरेको छ ।

नजिकै आउदै गरेको चाडपर्वलाई मौका छोपी व्यावसायिकर्मीहरुले अखाद्य,गुणस्तरहिन र म्याद गुज्रिएको सामग्रीहरु बिक्रीवितरण गर्ने जन गुनासोलाई र उपभोक्ता हकहितका लागि मध्यनजर गर्दै प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीको नेतृत्वमा मिठाई पसल,किराना पसल,मासु पसल तथा खाजा नास्ता पसलहरुको अनुगमन गरिएको हो ।

पालिका उपाध्यक्ष मान कुमारी चौधरीको संयोजकमा गठन भएको प्रतापपुर गाउँपालिका बजार अनुगमन समितिले आज आइतबार प्रतापपुरको वडा न ९ बेलाटारी बजारमा रहेका मिठाई पसल र किराना पसल र वडा न ६ को झुलनीपुरमा रहेकोे खाजा तथा नास्ता पसलहरुको अनुगमन गरेको हो ।

समितिले अनुगमन क्रममा व्यासायीकर्मीहरुलाई सरसफाइमा ध्यान दिनुपर्ने र अखाद्य बस्तु बिक्रीवितरण नगर्न सल्लाह सुझाव दिएका थिए र पसलमा रहेका सामानहरुको म्याद गुज्रिएको छ छैन,दर सुची राखेको छ छैन,पसल दर्ता तथा नवीकरण रहेको नरहेको र उपभोक्ताले खान योग्य रहेको नरहेको यकिन समेत गरेका थिए ।

प्रतापपुर गाउँपालिका बजार अनुगमन समितिका संयोजक मान कुमारी चौधरीले अनुगमनको क्रममा केहि मिठाइका पसलहरुमा सरसफाइमा कमि देखिएको र केही किराना पसलहरुमा गुट्का चुरोट रक्सी समेत राखेर बिक्रीवितरण गरेको पाइएको बताउदै उनको अनुसार पालिकाले बजार अनुगमनको सुरुवात गरेको छ र यो काम चाडपर्वलाई मात्र मध्यनजर गरेर होइन यो निरन्तर हुने र अनुगमनमा पहिलो पटक सबै पसलका साहुलाई सम्झाई बुझाएको र अब पुनः यस्तो गल्ती व्यावसायिकर्मीहरुले दोहोर्‍याएका खण्डमा पालिकाले सामग्री जफत र जरिवाना समेत गर्ने उनले बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%२%१%
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती