श्याम थापा
सुस्ता १० असोज
पश्चिम नवलपरासीको ऎतिहासिक भूमि सुस्ताका नागरिकहरुलाई मध्यनजर गर्दै नारायणी नदि माथी निर्माण भएको सुस्ता झुलेङ्गे पुल नेपालका रास्ट्रपति रामचन्द्र पौडेलले उद्द्घाटन गर्नु भएको छ ।
नेपालकै लामो झुलेङ्गे पुल जिल्लाको सुस्ता गाउँपालिका स्थित सुस्ता ५ पकलिहवा स्थित सकरदिन्ही देखि नारायणी नदि पारी गाउँ सुस्ताका स्थानीयबासीहरुलाई हिड्डुल गर्न सहज हुने उद्देश्यले नारायणी नदिमाथी निर्माण सम्पन्न गरेको पुलको उद्द्घाटन रास्ट्रपति पौडेलले गर्नु भएको हो ।
सुस्ता झुलेङ्गे पुल उद्द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रास्ट्रपति रामचन्द्र पौडेलले सुस्ताबासीले नेपाली नागरिकता पाउने र सुस्ताबासीहरुले जोतभोग गर्दै आइरहेको जग्गाको लालपुर्जा पनि सुस्ताबासीहरुले पाउने बताउनु भएको छ ।
रास्ट्रपति पौडेलले अहिले सुस्ताबासीहरुलाई हिडडुल गर्न केही सहज होस भनेर नेपाल सरकारले आर्थिक अभावको कारणले अहिले झुलेङ्गे पुल निर्माण गरिदिएको र आर्थिक सवल भयो भने मोटर गाडीहरु चल्ने पुलको केही बर्ष पछि सुस्ताबासीहरुले उपहार स्वरुप पाउने आश्वासन पनि दिनु भएको छ ।
रू २५ करोडको लागतमा त्रिसुलि आश्रय जेभी कम्पनीले निर्माण गरेको झुलेङ्गे पुलको लम्बाई १५७१ मिटर रहेको छ । यो एसियाको दोस्रो र नेपालको पहिलो लामो दुरिको झोलुङ्गे पुल हो ।