श्याम थापा
सुस्ता १२ असोज
लगातार अविरल बर्षाको कारणले नारायणी नदिको बहाव तिब्र रूपमा बढ्न थालेको छ भने यता स्थानीयबासीहरुले आफ्नो ज्यानको जोखिम मोल्दै नारायणी नदीबाट दाउरा झिक्ने गरेको छ ।
खाना पकाउन,जाडोमा आगो ताप्न भन्दै स्थानीय बासीले घरायसी प्रयोगको लागि आफ्नो ज्यानको मोह भन्दा नदिमा बगेर आएको दाउरा तथा काठको मोह गर्दै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदीबाट दाउरा झिक्ने गरेका छन् ।
नारायणी नदिमा पानीको बहाव बढेपछि पहाडका जंगल नालाहरुबाट दाउरा बगेर आउँछ अनि त्यही दाउराको मोहले स्थानीयबासी अर्थात नदि तटीय क्षेत्रमा बासोबास गर्दै आएका सुस्ता गाउँपालिका वार्ड न ३,वडा न ४ र वडा न ५ का स्थानीय ब्यक्तिहरु नदिमा जाने र दाउरा झिक्ने गर्द्छ्न ।
नदि तटीय क्षेत्रमा बासोबास गर्दै आएका स्थानीयबासीहरु नदीबाट दाउरा झिक्ने क्रममा बर्षेनी केही ब्यक्तिहरुको नदिले बगाएर ज्यान समेत गएको घटनाहरु हुने गरेको छ । बर्षेनी नदिमा डुबेर दाउरा झिक्ने ब्यक्तिहरुको ज्यान गएपनि स्थानीयबासीलाई ज्यानको भन्दा पनि दाउराको मोहले गर्दा रातदिन नदिको छेउमा बसेर बासले बनाएको दाउरा तान्ने सामग्री र डोरिको सहाराले दाउरा झिक्ने गरेका छन् ।
यसरी ज्यानको जोखिम मोलेर झिकेको दाउराले त कतिपय स्थानीय ब्यक्तिको जिविकोपार्जन समेत चल्ने गरेको बताउँछन् आफुहरुको जिविका चलाउन भएपनि ज्यानको बाजि लाएर दाउरा झिक्ने काम गरेको सुस्ता ५ का सुनिल बिनले बताएका छन् । स्थानीय बिनको अनुसार हामीहरुको लागि नदिनै एक किसिमको आय स्रोत रहेको बर्षायामको समयमा दाउरा झिक्ने र हिउँदमा माछा मारेर आफ्नो घर खर्च चलाउने बाध्यता रहेको कारण नदि हाम्रो प्राण रहेको समेत बताएका छन् ।
यतिखेर नारायणी नदिको बहाव तिब्र रूपमा बढेर ऎतिहासिक भूमि सुस्ता गाउँमा पनि बाढी पसेको छ भने सुस्ता ५ पकलिहवा तर्फ धान,उखु,केरा लगायतका १०० बिगाहा भन्दा बढी जग्गामा लगाएका बालीनालीहरु डुबानमा परेको छ ।