श्याम थापा
सुस्ता २० मंसिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८१ हाजिरी जवाफ प्रतियोगिता सहित मनाएको छ ।
सुस्ता गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पालिका भित्र रहेको स्वास्थ्य संस्थाको प्रतिनिधि हुने गरि महिला स्वास्थ्य स्वयंसेविकालाई हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको हो ।
पालिकाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सुस्ता गाउँपालिकाको वडा न १ बाट रुपौलिया स्वास्थ्य संस्था,वडा न २ बाट कुडिया स्वास्थ्य संस्था,वडा न ३ बाट श्रीनगर आधारभुत स्वास्थ्य केन्द्र,वडा न ४ बाट नर्सही स्वास्थ्य संस्था र वडा न ५ बाट पकलिहवा स्वास्थ्य संस्थाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेकोे थियोे ।
प्रतियोगितामा प्रथम स्थान हासिल सुस्ता ५ का पकलिहवा स्वास्थ्य संस्था भएको छ भने दोस्रोमा सुस्ता २ कुडिया स्वास्थ्य संस्था र तेस्रोमा सुस्ता १ रुपौलिया स्वास्थ्य संस्था र चौथोमा सुस्ता ३ श्रीनगर आधारभुत स्वास्थ्य केन्द्र र पाँचौ स्थानमा नर्सही स्वास्थ्य संस्था रहेकोे छ ।
प्रतियोगिताले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको काममा अझ निखारिता सहित क्षमता अभिबृद्दी र पुनःताजगी हुने उद्देश्यले स्वयंसेविकाले समुदायमा गरिरहेको गतिविधि तथा क्रियाकलापसंग सम्बन्धित प्रश्नावली तयार गरि हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको सुस्ता गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख केशरी देबि भट्टराईले बताएकी छिन् ।
सो दिवस कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले स्वास्थ्य क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भुमिका रहेको हुदा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेन भने स्वास्थ्यको विभिन्न सुचकहरु पूरा गर्न गाह्रो हुने उनले बताएका छन् ।
त्यस्तै दिवस कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाकी उपाध्यक्षले सुस्ता गाउँपालिका स्वास्थ्य क्षेत्रमा जिल्ला भरीमा ७ औं स्थानमा आउँदा केहि गल्ती हाम्रा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको पनि केहि जिम्मेवारी रहेको हुदा महिला स्वयं सेविकाहरु र स्वास्थ्यकर्मीहरु गम्भीर भएर काम गर्नुपर्ने आग्रह गरेकि छिन् ।
त्यसैगरी दिवस कार्यक्रमका अध्यक्ष एवं सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले स्वास्थ्य जस्तो गम्भीर बिषयमा हामी सबै मिलेर काम गर्नुपर्ने र आफ्नो कार्यकाल सम्म स्वास्थ्य बिषयलाई महत्त्व राखेर बजेट देखि कार्यक्रम सम्म अगाडि बढ्ने हुदा सुस्ता गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन सबैले सहयोग गर्न आग्रह गरेका छन् ।
सो दिवसको अवसरमा सुस्ता गाउँपालिकामा रहेका ३५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई एक एक थान झोला सहित पालिकाले सम्मान पनि गरेको छ ।