श्याम बुचा
सुस्ता ३ बैशाख
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल पनि सीमान्तकृत बर्ग समुदाय प्रति जति गम्भीर हुनुपर्ने हो त्यति गम्भीर नभएको बताएका छन् ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भएको नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत खबरदारी जनसभालाई आज बुधबारको दिन सम्बोधन गर्दै अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सीमान्तकृत बर्ग समुदायको मुद्दामा हाम्रो पार्टीले जति गर्नुपर्ने थियो त्यति गर्न नसकेकोले अझै ति बर्ग समुदायको मुद्दामा गम्भीर हुनुपर्ने भएकोले म लगायत मेरो पार्टीका सम्पुर्ण नेताहरु जनता संग प्रत्यक्ष समुदायमा नै गएर समिक्षा गर्दै हिडेको बताएका छन् ।
अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डका अनुसार अझै पनि हाम्रो देशमा लगायत तराई मधेसमा रहेका सीमान्तकृत दलित,गरिब बिपन्न बर्ग समुदायको मुद्दा तथा समस्याहरु जिवितनै रहेकोे हुदा ति वर्ग समुदायको मुद्दालाई समाधान गर्न नेकपा माओवादी केन्द्रले समिक्षा गरेर आफ्नो रणनीतिक यात्रा तय गरेर जनताको माग र मुद्दालाई आत्मसात गरेर अघि बढ्ने पनि बताए ।
त्यसैगरी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले तराई मधेस अन्तर्गत नागरिकले शिक्षा,स्वास्थ्य,सडक,कृषि लगायतको भोगिरहेको समस्याहरु नेकपा माओवादी केन्द्र पार्टीले नजिकबाट निहालि रहेको, हुलाकी सडकबाट नागरिकले पाएको दुख सास्तीबारे आफुलाई पनि मध्यनजर भएको र नवलपरासी जिल्लालाई उखु र केरा खेतीको क्षेत्रमा अघि बढाउनको लागि आफु नेतृत्वमा रहदाको सरकारलेनै अगाडि बढाएको बताएका छन् ।
साथै अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले मिटर ब्याजिबाट पीडित जनसमुदायको बारेमा बोल्ने अन्य कुनै दल देशमा नरहेको र मिटर ब्याजिहरुको समस्यालाई आफुले सदनमा आवाज उठाने र आफु र आफ्नो पार्टी नेकपा माओवादी केन्द्र मिटर ब्याजि पीडितहरुको साथमा रहेकोे बताए ।
सो बिरोध जनसभाको अवसरमा जिल्लाको प्रतापपुर गाउँपालिकामा सम्बोधन गर्न आएका पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतापपुर गाउँपालिकाको कार्यालयका अध्यक्ष उमेश चन्द्र लगायत जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालय भवनमा स्वागत गरेका थिए भने पालिका अध्यक्ष उमेशचन्द्र यादवले हुलाकी सडकको कामलाई विस्तार गर्न,वडा न ३ को डुबान नियन्त्रण गर्न र उखु र केरा खेतीलाई सरकारले ध्यान दिनको लागि विभिन्न माग सहित अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।