श्याम बुचा
सुस्ता ७ बैशाख
भारतीय सुरक्षाकर्मिद्वारा सुस्ता हुदै भारत प्रवेश गर्न जाने नेपाली नागरिकहरुलाई प्रवेशमा रोग लगाएको छ ।
पश्चिम नवलपरासीको नारायणी नदि पारिको ऎतिहासिक भूमि सुस्ता गाउँ हुदै भारत जान लाग्ने नेपालीहरुलाई भारतीय सुरक्षाकर्मि एस एस बि ले आवतजावतमा रोक लगाएको छ ।
भारत बिहार राज्यको बगहा जिल्ला अन्तर्गत पर्ने चकदहवामा रहेको भारतीय सुरक्षाकर्मि एस एस बिले आफ्नो देशको भुमि प्रयोग गरेर भारत प्रवेश गर्नका लागि नेपाली नागरिकहरुलाई रोक लगाएको हो ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष एवं सुस्ता सन्देश डटकमका प्रवन्ध निर्देशक श्याम बुचा मगर नारायणी नदिमा बनेको झुलेङ्गे पुल हुँदै नारायणी नदि पारी रहेकोे गाउँ सुस्ताको भुमि हुदै भारत प्रवेश गर्न लाग्दा भारतीय सुरक्षाकर्मि(एस एस बि) ले सुस्ताको भुमिको बाटो प्रयोग गर्दै आउने नेपाली नागरिकहरुको लागि माथीबाट नै रोक लागेको भन्दै भारत प्रवेश गर्न रोकेका थिए ।
तर सन्चारकर्मि श्याम बुचा मगर र भारतीय सुरक्षाकर्मि(एस एस बि) चकदहवा कार्यालयका प्रमुख संग करिब ४०/४५ मिनेट सम्म छलफल भएपछि नेपाली साधनबाट जान नदिने र भारतीय साधन त्यसैमा बिहार राज्यको नम्बर प्लेट रहेकोे साधन भए मात्र भारत प्रवेश गर्न दिइने भारतीय सुरक्षाकर्मिले भनेपछी संचारकर्मि मगरले सुस्ताबाट भारतीय नम्बरको साधन अरुको माग गरि गएपछि बल्ल भारत प्रवेश गर्न पाएका थिए ।
यसरी भारतीय सुरक्षाकर्मिले आफ्नो मनोमानी ढङ्गले नेपाली नागरिक प्रति सास्ती दिएको छ भने त्यही सास्ती र पिडा सुस्ताबासिले नभोगेको भन्न सकिन्न । नेपाली नागरिकले भारत प्रवेश गर्न आवातजावत सास्ती भोग्दा नेपाली नागरिकको लागि सुरक्षा दिन बसेका सुस्ताका सशस्त्र प्रहरी बल नेपालको कुटनितिक पहल भने फितलो भएको मान्न सकिन्छ ।
भारत बिहार राज्यको बगहा जिल्ला स्थित चकदहवा भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मि(एस.एस.बि)को क्याम्प छ सुस्ताको नागरिकहरु सानोतिनो बजार गर्न नजिकैको बिहार राज्यको बगहा जिल्ला स्थितको भैसालोटन,तथा लक्ष्मीपुर भन्ने ठाउँमा बजार गर्न त्यहि बाटो प्रयोग गरेर जाने गर्छन् तर भारतीय सुरक्षाकर्मि( एस एस बि) ले नेपाली साधन र नेपाली नागरिकलाई भारत प्रवेश गर्नमा रोक लगाएपछि सुस्ताबासि अन्यौलमा परेका छन् ।
भारतीय सुरक्षाकर्मि (एस एस बि) ले सुस्ताबासिलाई भारत आवातजावत गर्न सकेसम्म अनुमति नदिने धेरै प्रयास पछि अनुमति दिएपनि नेपाली साधनको प्रयोग गर्न नपाउने र भारतीय नम्बरको साधन प्रयोग गरेर जान दिइने गरेको सुस्ताबासिले बताएका छन् ।
सुस्ताबासिका अनुसार सानोतिनो बजार गर्न हामीलाई नेपाल तिर बजार दुरि पर्ने र नेपाली बजार दुरि भएको कारण हामीहरु बाध्यतात्मक रुपले भारतको बजार जानुपर्ने रहेकोे तर भारत जान लाग्दा भारतीय सुरक्षाकर्मि(एस एस बि)ले लास्तै दुख दिने गरेको सुस्ताका मोल्बि सहाबले बताएका छन् ।
यसरी आफ्नो मनोमानी ढंगले भारतीय सुरक्षाकर्मि(एस एस बि) आफुले चाहेको बेला आवतजावत गर्न दिने नचाहेको बेला आवतजावतमा रोक लगाउने गर्दा नेपाली नागरिकले धेरै सास्ती भोग्न परेको र यस बिषयमा भने नेपाली प्रशासन मौन रहेको सुस्ताबासिको आरोप छ ।
भारतीय नागरिकले जतिखेर आफ्नो साधन प्रयोग गरि जुन बाटो प्रयोग गरेर पनि नेपाल प्रवेश गर्न पाउने तर नेपाली नागरिकले भने भारत प्रवेश गर्न भारतीय सुरक्षाकर्मिको सास्ती भोग्नुपरेको बिषयमा सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका प्रमुख सन्तोष रायमाझीलाई सो बिषयमा फोन सम्पर्क गरेर जानकारी लिदा यो बिषयमा आफुले आफ्नो मातहतको कार्यालयबाट जानकारी लिदा सो बाटोबाट भारतीय सुरक्षाकर्मिहरु आफुले चाहे मानिसहरुलाई आवतजावत गर्न दिइने नचाहेको खण्डमा सुरक्षाको बहाना देखाएर आवतजावतमा रोक लगाउने गरेको बुझ्नमा आएको बताएका छन् ।