नेकपा एमालेका नेता गुरौ नेपाली काङ्ग्रेसमा प्रवेश

  • सुस्ता संदेश
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ११, बिहिबार (१ दिन अघि)
  • ३१५ पटक पढिएको

नेकपा एमालेका नेता गुरौ नेपाली काङ्ग्रेसमा प्रवेश

श्याम बुचा

सुस्ता ११ बैशाख

पश्चिम नवलपरासीमा यतिखेर विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस पार्टीमा प्रवेश गर्ने लहर चलेको छ ।

जिल्लाको प्रतापपुर गाउपालिका वडा न ७ गुठिसुर्यपुरामा आज बिहिवारको दिन भएको  लाेकतन्त्र दिवसकाे अवसरमा बर्तमान राजनिती बारे सबाद तथा पार्टी प्रबेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका खेम नारायण गुरौ एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र न१का सभापति मुकुल कुमार आचार्यकाे सभापतित्वमा र नेपाली कान्ग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालकाे प्रमुख अतिथ्यतामा सम्पन भएकाे पार्टी परिवेश कार्यक्रममा खेमनारायण गुराैकाे नेतृत्वमा नेकपा एमाले पार्टीबाट ५० जनाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेको हो ।

त्यसैगरी हृदयेश त्रिपाठिको नेतृत्वमा रहेकोे जनता प्रगतिशील पार्टीलाई परित्याग गरि करिब ८० जना नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश भएको आयोजकले जनाएको छ भने जनता समाजबादि पार्टी र नेकपा माओवादी लगायतकाे विभिन्न पार्टी  परित्याग गरि ३ सय जना ब्यक्तिरुले नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन ।

नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्दै यो देशमा र यो देशको लोकतन्त्र  साथै देशको रक्षा गर्ने पार्टी नेपाली काङ्ग्रेस बाहेक अरु कुनै पार्टी नरहेको र त्यही भएर आफु नेकपा एमाले छोडेर नेपाली काङ्ग्रेस पार्टी रोजेको खेम नारायण गुरौले बताएका छन् ।

गुरौ सुरुमा उखु उत्पादक समिति नवलपरासीबाट राजनिति सुरु गरेका थिए भने केही समय फाेरम लाेकतान्त्रिकबाट राजनिती समेत गरे त्यसपछि पछ्छिलाे समय राजनितीले माेड लिएपछि उनी नेकपा एमालेबाट २०७९ सालकाे निर्वाचनमा प्रतापपपुर गाउपालिका अध्यक्षकाे उमेदवारी दिएका थिए । गुरौले पालिका अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएपनि उनले नेपाली काङ्ग्रेसका उमेद्वार उमेशचन्द्र यादवसग निर्वाचनमा पराजित भोग्न परेको थियो । नेपाली काङ्ग्रेस पार्टीमा नवप्रवेशीहरुलाई  नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री खनालले खादा माला टीका लगायर बिधिवत रुपमा स्वागत गरेका थिए।

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र न १ प्रदेश ख का सचिव सन्जित कुमार शर्माले सन्चालन गरेको कार्यक्रममा प्रतापपुर गाउँपालिका कि उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस नेत्रि मानकुमारी चाैधरी,बद्री यादव,युवराज अधिकारी ,कन्हैया हरिजन,महादेव यादव ,वडा न ३का वडा अध्यक्ष एवं प्रतापपुर ३ का वडा सभापति ऋषिदेव दास पटेल ,प्रतापपुर गाउपालिकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस पार्टी नवलपरासीका जिल्ला सचिव उमेशचन्द्र यादव,नेपाली काङ्ग्रेस पार्टी नवलपरासीका जिल्ला सभापति अर्जुन पाेख्रेल लगायतले काङ्ग्रेस पार्टीको बारे ब्याख्या गरेका थिए ।

कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि महामन्त्री खनालले नवप्रवेशी कार्यक्रमले पार्टी अझ मजुबत भएको र नेपाली काङ्ग्रेसलाई देशकाे पहिलाे पार्टी बनाउन सबै कार्यकर्तालाई एकजुट भई अगाडि बढनुपर्ने कुरामा जाेड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो?
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती